सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्यो टाटा पन्च इभी

सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्यो टाटा पन्च इभी

भारतमा सबैभन्दा बढी कार बिक्री गर्ने कम्पनीको रूपमा परिचित मारुती सुजुकीलाई पछाडि पार्दै, टाटा मोटर्सको रेकर्ड एसयूभी टाटा पन्चले २०२४ को सबैभन्दा बढी बिक्री हुने कारको उपाधि जितेको छ। टाटा पन्चले २०२४ को १२ महिनामा २ लाख २ हजार ३० युनिट बिक्री गर्दै, मारुती सुजुकीका लोकप्रिय कारहरू—वैगनआर, अर्टिगा, ब्रेजा र हुन्डाईको क्रेटालाई पछि पार्दै पहिलो स्थान प्राप्त गरेको हो। एसयूभी टाटा पन्चले लगभग ४० वर्ष पुरानो मारुती सुजुकीको रेकर्ड तोडेको छ।टाटा पन्चको हालको एक्स–शोरुमको मूल्य ६ लाख देखि १०.१५ लाख भारु बीच रहेको छ।

यसले २ लाख २ हजार ३० युनिट बिक्री गर्दै, मारुती सुजुकीको वैगनआर (१ लाख ९० हजार ८५५ युनिट) र अन्य प्रमुख कारहरूलाई पछाडि पार्दै पहिलो स्थान प्राप्त गरेको हो।मारुती सुजुकी ब्रेजाको हालको एक्स–शोरुम मूल्य भारु ८.३४ लाखदेखि भारु १४.१४ लाखसम्म रहेको छ।

२०२४ मा भारतमा कुल ४२ लाख ८६ हजार कार बिक्री भएकोमा, मारुती सुजुकीको हिस्सा ४१ प्रतिशतमा खुम्चिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स