एनओसीमा घुस पाइएको भन्दै छानबिन गर्न कार्यदल गठन, एक लाखसम्म लिने गरिएको खुलासा

एनओसीमा घुस पाइएको भन्दै छानबिन गर्न कार्यदल गठन, एक लाखसम्म लिने गरिएको खुलासा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) वितरणमा भइरहेको अनियमितताबारे छानबिन प्रक्रिया अघि बढाएको छ। सानोठिमीस्थित मन्त्रालयअन्तर्गतको एनओसी शाखामा घुस लिएर अनुमति दिने गरिएको समाचार विभिन्न मिडियामा आएपछि मन्त्रालयले पाँच सदस्यीय छानबिन कार्यदल गठन गरेको हो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको संयोजकत्वमा गठित उक्त कार्यदलले एक महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ। शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार एनओसी प्रक्रियामा ३० हजारदेखि एक लाख रुपैयाँसम्म घुस असुल्ने गरिएको पाइएको छ।

शिक्षामन्त्री रघुजी पन्तले निष्पक्ष छानबिन गरी आवश्यक कारबाहीको सिफारिस गर्न निर्देशन दिएकाले अनियमितता पुष्टि भएमा दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइनेछ। कार्यदलले एनओसी वितरणमा देखिएका विकृति र बेथितिको समग्र अध्ययन गरी आवश्यक नीतिगत सुधारको सिफारिससमेत गर्नेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स