नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई सार्वजनिक बहसमा जान नचाहनुलाई लोकतान्त्रिक चरित्रविहीन ठहराएका छन्। उनका अनुसार, राज्यको नेतृत्वको दाबी गर्नेहरूले प्रश्न र संवादबाट भाग्न नपाउने हुनुपर्छ।
पछिल्ला समय सामाजिक सञ्जालमा प्रधानमन्त्रीका दाबेदार मानिएका एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाका बालेन्द्र शाहबीच सार्वजनिक बहस हुनुपर्ने आवाज उठिरहेको छ। यसमा अध्यक्ष ओली सहमत भए पनि शाह तयार देखिएका छैनन् भने सभापति थापा मौन छन्।
महासचिव पोखरेलले लेखेका छन्, “लोकतान्त्रिक राजनीति नीतिहरूको संवाद र छनोट हो। नीति संवादबाट भाग्नु र जनसम्पर्कबाट टाढा रहनु कुनै पनि हालतमा सही होइन।”
उनी थप लेख्छन्, “राज्यको नेतृत्वको दाबी गर्नेहरूले प्रश्न र संवादबाट भाग्न पाउँदैनन्। त्यसमाथि भाद्र २३ र २४ मा भएको उत्तेजना र कुकर्मको भारी अरूको काँधमा थोपर्ने प्रवृत्ति अझै हानिकारक छ। प्रतिसोध र पूर्वाग्रह लोकतान्त्रिक चरित्र होइन र हुनै सक्दैन।”


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया