शिक्षामन्त्री रघुजी पन्त र २८ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघबीच आज निर्णायक वार्ता हुने भएको छ। सोमबार रातिसम्मको छलफल सकारात्मक रहेकाले समाधानको सम्भावना देखिएको छ। शिक्षकहरू प्रदर्शन सकेर वार्तामा सहभागी हुने तयारीमा छन्।
यसअघि सत्तारुढ कांग्रेस र एमाले नेताहरूले शिक्षक महासंघसँग छुट्टै छलफल गरेका थिए, जसलाई सकारात्मक भनिएको छ। उक्त छलफलपछि शिक्षामन्त्री र महासंघबीच पुनः संवाद भएको हो।
छलफल मन्त्रिपरिषद्बाट आंशिक माग पूरा गर्ने, विद्यालय शिक्षा विधेयक पारित गर्ने र आन्दोलन स्थगित गर्ने विषयमा केन्द्रित छ। शिक्षकहरूले पूर्व शिक्षामन्त्री विद्या भट्टराईले प्रस्ताव गरेको ७ बुँदेलाई संशोधनसहित पारित गर्न माग गरेका छन्। मागहरूमध्ये केही पूरा भए आन्दोलनको स्वरूप परिवर्तन गर्न सकिने महासंघ पदाधिकारीहरूको भनाइ छ।




















प्रतिकृया