instainsta

सर्वसाधारणका लागि एसवाई प्यानलको आइपीओ भोलिदेखि खुल्दै, कहिलेसम्म भर्न पाइने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १८ गते
सर्वसाधारणका लागि एसवाई प्यानलको आइपीओ भोलिदेखि खुल्दै, कहिलेसम्म भर्न पाइने ?
AdvertisementAds

एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गते बुधबारदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि कम्पनीले उद्योग प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट स्वीकृति पाएको कम्पनीले जारी पूँजी रु १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० को ४० प्रतिशत, अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सार्वजनिक गर्न लागेको हो।

पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता उद्योग प्रभावित स्थानीयका लागि र ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको थियो। साथै, कम्पनीले कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता सेयर छुट्याएको छ। बाँकी ४० लाख ७६ हजार १५६ कित्ता से यर थप सर्वसाधारणका लागि निष्काशन हुनेछ।

आईपीओ प्रतिसेयर रु १०० अंकित मूल्यमा जारी हुनेछ, जसको न्यूनतम आवेदन १० कित्ता र अधिकतम ५० हजार कित्ता रहनेछ। आवेदन अवधि कात्तिक २३ गतेसम्म रहनेछ। आईपीओको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स