नेपाली बजारमा सुजुकीको नयाँ एसयूभी भिक्टोरियस सार्वजनिक भएको छ। सुजुकी गाडीका आधिकारिक बिक्रेता सीजी मोटोकर्पले अहिलेसम्मकै सबैभन्दा धेरै फिचर भएको भिक्टोरियस प्रस्तुत गरेको हो।
कम्पनीका अनुसार भिक्टोरियस आधुनिक डिजाइन, नयाँ प्रविधि र उच्च सुरक्षा मापदण्डलाई ध्यानमा राखेर विकास गरिएको छ। यसमा १.५ लिटर पेट्रोल इन्जिन रहेको छ, जसमा माइल्ड–हाइब्रिड र स्ट्रङ हाइब्रिड विकल्प उपलब्ध छन्। यसबाहेक सीएनजी भेरियन्ट पनि उपलब्ध गराइएको छ। गाडीमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ।
सुरक्षाको हिसाबले भिक्टोरियसमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल लगायतका फिचर समावेश छन्। कम्पनीका अनुसार गाडीले फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ।
फिचरका रूपमा यसमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक सनरुफ, वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट र कनेक्टेड कार टेक्नोलोजी दिइएको छ। उच्च भेरियन्टमा एडीएएस प्रविधि पनि उपलब्ध छ।
डिजाइनमा एलईडी हेडलाइट र टेललाइट, आकर्षक फ्रन्ट ग्रिल र मस्कुलर एसयूभी लुक राखिएको छ भने भित्री भागमा प्रिमियम फिनिस र फराकिलो क्याबिन रहेको कम्पनीले जनाएको छ।
शक्तिशाली प्रदर्शन र अत्याधुनिक प्रविधिका कारण यस एसयूभीले “भारतीय उत्कृष्ट कार अवार्ड–२०२५” जित्न सफल भएको छ।
सीजी मोटोकर्पले यस एसयूभीको सुरुवाती मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकेको छ। साथै, लञ्चिङ अफर अन्तर्गत पहिलो ५० बुकिङका लागि अधिकतम २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनससहित उपलब्ध गराइनेछ।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया