निलम्बनमा परेका राजुनाथ पाण्डे पुगे उच्च अदालत



महानगर प्रहरी प्रमुखबाट निलम्बनमा परेका राजुनाथ पाण्डेले उक्त निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका छन्। उनले जेठ २५ गते रिट दायर गरेका थिए भने प्रारम्भिक सुनुवाइपछि अदालतले दुबै पक्षलाई अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि बुधबार बोलाएको छ।

पाण्डेले काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, महानगर प्रहरी बलका निमित्त प्रमुख र नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएका छन्।


Advertisement

जेठ २० गते प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई छ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए। यसअघि चैत २१ गते गुरागाईं कार्यालय गएका बेला भएको हुलहुज्जतको घटनालाई लिएर जेठ ६ गते पाण्डेसँग स्पष्टीकरण मागिएको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर