साँढे दुई वर्षपछि सुसान्त केसीको कन्सर्ट फाल्गुन २४ मा

साँढे दुई वर्षपछि सुसान्त केसीको कन्सर्ट फाल्गुन २४ मा

लोकप्रिय गायक तथा गीतकार सुसान्त केसीको कन्सर्ट मार्च ८, २०२५ (फाल्गुन २४, २०८१) मा भक्तपुरको सल्लाघारी ग्राउन्ड मा हुने भएको छ। सुसान्तले करिब साढे दुई वर्षपछि नेपालमा आफ्नो प्रस्तुति दिन लागेका हुन्।

“बार्दली,” “सारङ्गी,” “साथी,” र “आमा” जस्ता चर्चित गीतका लागि प्रख्यात सुसान्तले कन्सर्टमा पुराना हिटसँगै नयाँ सिर्जनाहरू पनि प्रस्तुत गर्नेछन्।

“काठमाडौंमा प्रस्तुति दिनु सधैं विशेष अनुभव हो। समर्थकहरूको माया मेरो प्रेरणा हो र मार्च ८ मा सबैलाई संगीतको यो यात्रामा सहभागी गराउन उत्साहित छु,” सुसान्तले भने।

कन्सर्टका लागि टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ। टिकटको माग उच्च हुने अपेक्षा गरीएकोले चाँडै बुक गर्न समर्थकहरूलाई आयोजकले आग्रह गरेका छन्।

viber image 2025 01 20 11 21 28 358 https://bajarkochirfar.com/sushant-kcs-concert-on-falgun-24-after-two-and-a-half-years | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स