आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, कहिलेसम्म भर्न सकिने ?

आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, कहिलेसम्म भर्न सकिने ?

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आइतबार अर्थात् माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको छ। कम्पनीले अघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गरिसकेको थियो।

अब दोस्रो चरणमा कम्पनीले कर्मचारीका लागि १३ हजार ७९३ कित्ता र सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता बाँकी ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्काशन गर्न लागेको छ, प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ र आवेदन प्रक्रिया छिटोमा माघ २१ गते सुरु भई फागुन ३ गतेसम्म खुला रहनेछ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ, जसले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ र लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स