सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनी भि.जे. इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.को नाममा रहेको २ लाख ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीले ती सेयर प्रति कित्ता न्यूनतम २०० रुपैयाँ मूल्य तोकी बिक्रीमा ल्याएको हो। प्रचलित व्यवस्था अनुसार, संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले हाल यी सेयर विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद गर्न सक्नेछन्।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले अबको ३५ दिनभित्र काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेड (सेयर रजिष्ट्रार) को कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
तोकिएको समयसीमाभित्र कम्पनीका विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि बोलपत्र नआएमा, बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।





![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)



![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया