प्रतिकित्ता २४० रुपैयाँमै सर्वसाधारणका लागि सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

प्रतिकित्ता २४० रुपैयाँमै सर्वसाधारणका लागि सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
Advertisement Ads

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहअन्तर्गतका ५ लाख कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीले योग्य इच्छुक व्यक्ति, कम्पनी तथा संघ–संस्थालाई उक्त सेयर खरीद गर्न खुला गरेको हो।

बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २४० रुपैयाँ तोकिएको छ। इच्छुकले बोलपत्र पेश गर्दा सम्पूर्ण ५ लाख कित्ताकै लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। बोलपत्र पेश गर्ने अवधि आज चैत १८ गतेदेखि चैत २५ गतेसम्म रहनेछ।

बोलपत्र फाराम काठमाडौंको बालुवाटारस्थित रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडबाट प्राप्त गरी सोही स्थानमा बुझाउन सकिनेछ। प्राप्त बोलपत्रहरू चैत २६ गते बिहान ११ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ।

suryajyoti auctioning promoter shares notice 1775007414539 https://bajarkochirfar.com/suryajyoti-life-insurance-shares-are-being-sold-to-the-general-public-for-just-rs-240-where-can-i-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स