गण्डकी प्रदेशकी पूर्वसांसद र सूर्यदर्शन सहकारीकी पूर्व उपाध्यक्ष मीना गुरुङलाई ठगी प्रकरणमा कास्की प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ पोखरा–११ स्थित उनको निवासबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
सूर्यदर्शन सहकारीमा ठगी प्रकरणसम्बन्धी दायर मुद्दाका प्रतिवादीमध्ये गुरुङ पनि एक हुन्। सहकारीको आर्थिक अनियमिततासम्बन्धी आरोपपछि उनीमाथि छानबिन सुरु गरिएको थियो।
प्रहरीले थप अनुसन्धानका लागि गुरुङलाई हिरासतमा राखेको छ।
















प्रतिकृया