सुर्यदर्शन सहकारी ठगी प्रकरणमा एमाले पूर्वसांसद मीना गुरूङ घरबाटै पक्राउ

AdvertisementAds
सुर्यदर्शन सहकारी ठगी प्रकरणमा एमाले पूर्वसांसद मीना गुरूङ घरबाटै पक्राउ
AdvertisementAds

गण्डकी प्रदेशकी पूर्वसांसद र सूर्यदर्शन सहकारीकी पूर्व उपाध्यक्ष मीना गुरुङलाई ठगी प्रकरणमा कास्की प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ पोखरा–११ स्थित उनको निवासबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

सूर्यदर्शन सहकारीमा ठगी प्रकरणसम्बन्धी दायर मुद्दाका प्रतिवादीमध्ये गुरुङ पनि एक हुन्। सहकारीको आर्थिक अनियमिततासम्बन्धी आरोपपछि उनीमाथि छानबिन सुरु गरिएको थियो।

प्रहरीले थप अनुसन्धानका लागि गुरुङलाई हिरासतमा राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स