सर्वोच्चले सरकारसँग पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्नुको कारण माग्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १६ गते
सर्वोच्चले सरकारसँग पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्नुको कारण माग्यो
AdvertisementAds

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले सोमबार लेखकलाई पक्राउ गर्नुको कारण लिखित रूपमा पेश गर्न सरकारलाई आदेश दिएको छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनका घटनामा जिम्मेवार ठहर गर्दै घटनाजाँचबुझ आयोगले लेखकविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। यही सिफारिसको आधारमा वर्तमान सरकारले शनिबार तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो।

पक्राउ गैरकानुनी भएको भन्दै तत्काल रिहाइको माग गर्दै यशोदा लेखकले आइतबार अदालतमा निवेदन दर्ता गराएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स