अर्थमन्त्रीको आश्वासनपछि सेयरबजारमा सुधार, साताभर १६१ अंकको उकालो

अर्थमन्त्रीको आश्वासनपछि सेयरबजारमा सुधार, साताभर १६१ अंकको उकालो
Advertisement Ads

यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समग्र रूपमा सुधार देखिएको छ। अघिल्लो साता उच्च गिरावट आएको बजारमा यो साता भने लगानीकर्तामा आत्मविश्वास फर्किएको देखिन्छ। साताभर नेप्से सूचक करिब १६१ अंकले बढेर २८३७.७८मा बन्द भएको छ।

सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेसँगै नेप्सेले शुक्रबार पनि सेयरबजार खुला राख्ने निर्णय गरेको थियो, जसका कारण यस साता भने सेयरबजारमा कुल ६ दिन कारोबार भएको हो।

साताको पहिलो दिन आइतबार नेप्से १०५ अंकले घटेको थियो। सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेले सेयर बजारबारे सकारात्मक अभिव्यक्ति दिएसँगै बजारमा सकारात्मक प्रभाव देखिएको हो। अर्थमन्त्री वाग्लेले सोमबार बिहान स्टक ब्रोकर एशोसिएसनसँग बजारको बारेमा छलफल गरेका थिए, जसकारण सोमबार नेप्से ८३.३३ अंकले बढ्यो ।  मंगलबार भने सामान्य २.६१ अंकले घटेको थियो। नेप्से बुधबार ४५.१२ अंक र बिहीबार ४८.७१ अंकले बढेको थियो।  यद्यपि, साताको अन्तिम दिन आज शुक्रबार भने नेप्से १३.४५ अंकले घटेर २८३७.७८ बिन्दुमा बन्द भएको छ।

यस साता केही कम्पनीहरूको सेयर मूल्यमा भने उल्लेखनीय वृद्धि देखिएको छ। होटल फरेस्ट इनको सेयर मूल्य अघिल्लो साताको ४२३ रुपैयाँबाट बढेर ७४९ रुपैयाँ पुगेको छ। त्यसैगरी, सुपर खुदी हाइड्रोपावरको सेयरमूल्य ५८४ रुपैयाँबाट बढेर १०३५ रुपैयाँ पुगेको छ। रिजलाइन इनर्जीको सेयर मूल्य पनि ७७.०९ प्रतिशतले र सूर्य कुण्ड हाइड्रोको सेयर मूल्य पनि ७७.०५ प्रतिशतले उकालो लागेको छ ।

यसका साथै, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, नेशनल हाइड्रोपावर र एसियन हाइड्रोपावरका सेयरमा पनि सकारात्मक वृद्धि देखिएको छ।साताको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी बढ्यो https://bajarkochirfar.com/stock-market-improves-after-finance-ministers-assurance-up-161-points-for-the-week | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स