नेप्से परिसूचक ७५.२४ अङ्कले बढेर २८९०.२८ मा बन्द भएको छ। २.६७ प्रतिशतको वृद्धिसँगै बजार २९ सयको नजिक पुगेको छ। आज १३ उपसमूह मध्ये म्युचुअल फन्ड बाहेक सबै उपसमूह बढेको छ । दिनभर १४ अर्ब २५ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार नेपाल री इन्स्योरेन्सको भएको छ। यस दिन ३०२ कम्पनीको २ करोड ९१ लाख सेयर कारोबार भएको छ।
मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा ठूलो उत्साह देखिएको छ। गत बिहिबार ४९.१५ बढेको बजार आज पनि ७५.२४ अंकले बढेको छ। मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएपछि कारोबार भएको दुई दिनमै सेयरबजार १२४.३९ अंकले बढेको छ। नेप्से परिसूचक मात्र नभई कारोबार रकम पनि उचालिएको छ। आज छ महिना यताकै उच्च कारोबार भएको हो।
मौद्रिक नीतिको समीक्षाले असल कर्जाबापतको प्रोभिजन दर घटाएपछि लगानीकर्ताको मनोबल उच्च भएको छ। करिब ६ महिनासम्म साइडवेज ट्रेन्डमा रहेको बजार लगातार उकालो लग्न थालेको छ। गत बिहीबार नेप्सेले २८०० को प्रतिरोध तोडेपछि आइतबार पनि सेयर बजार बढ्ने क्रम जारी रहेको छ।
नेप्से ७५.२४ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ७५.२४ अङ्कले बढ्दा १९६ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिष्टिलरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, र दोर्दी हाइड्रोपावर रहेको छ।

नेप्से ७५.२४ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ७५.२४अङ्कले बढ्दा ५२ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: समाज लघुवित्त, अपर हेवा हाइड्रोपावर, भूगोल इनर्जी, नेपाल हाईड्रो र सपोर्ट माइक्रोफाइनान्स छ।


प्रतिकृया