सेयरबजारमा उत्साह: नेप्सेमा उच्च अंकको उछाल, कारोबार १० अर्ब नाघ्यो
आज नेप्से परिसूचक ६२.२५ अङ्कले बढेर २६७३.६९ मा बन्द भएको छ। १३ उपसमूह सबै बढेको छ । आज १० अर्ब ५१ करोड कारोबार भएको छ। यस दिन ३०८ कम्पनीका २ करोड ७२ लाख हजार सेयर कारोबार हुँदा सानिमा माइ हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
नेप्से ६२.२५ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ६२.२५ अङ्कले बढ्दा २२७ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, बुटवल पावर कम्पनी, ओम मेगाश्री र पिपुल्स हाइड्रोपावर रहेको छ।
नेप्से ६२.२५ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ६२.२५ अङ्कले बढ्दा ९७ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: न्यादी हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, हिमालयम पावर पार्टनर, र नारायणी विकास बैंक रहेको छ।