SHAREHUBSHAREHUB

८२ करोड कमाएको दक्षिण भारतीय फिल्म ‘डाँकु महाराज’ शुक्रबारदेखि नेपालमा प्रदर्शन हुँदै

AdvertisementAds
८२ करोड कमाएको दक्षिण भारतीय फिल्म ‘डाँकु महाराज’ शुक्रबारदेखि नेपालमा प्रदर्शन हुँदै
AdvertisementAds

दक्षिण भारतीय चर्चित फिल्म ‘डाँकु महाराज’ शुक्रबारदेखि नेपाली हलहरूमा प्रदर्शन हुने भएको छ। १२ जनवरीमा तेलुगु संस्करणमा भारतमा रिलिज भएको यो फिल्म अब हिन्दी भाषामा नेपालमा पनि प्रदर्शन हुँदैछ।

६४ वर्षीय नन्दमुरी बालकृष्ण, बबी देओल, र उर्वशी रौतेलाको मुख्य भूमिका रहेको यस फिल्मले तेलुगु संस्करणमा मात्रै ८१.२४ करोड भारु नेट कमाई गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। नन्दमुरी बालकृष्णको शीर्ष भूमिका रहेको फिल्मलाई मास इन्टरटेनरको रूपमा लिइएको छ।

हिन्दी रिलिजबारे बालकृष्णले भने, “फ्यानहरूको माया र प्रतिक्रिया अद्भुत छ। डाँकु महाराज मेरो लागि विशेष फिल्म हो। हिन्दी दर्शकमाझ प्रदर्शन हुन लागेकोमा उत्साहित छु।”

अभिनेत्री उर्वशी रौतेलाले फिल्मलाई अविस्मरणीय यात्रा भनेकी छिन्। उनले भनिन्, “फिल्ममा एक्सन, ड्रामा, र इमोसनको मिश्रण छ। दक्षिण भारतका दर्शकले जस्तै हिन्दी दर्शकले पनि यसलाई माया गर्नेछन्।”

नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले यो फिल्म देशव्यापी प्रदर्शन गर्न लागेको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स