गायिका एलिना चौहानले सम्बन्धबिच्छेदको मुद्दा दायर गरेकी छिन्। उनले शुक्रबार काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि कानुनी प्रक्रिया सुरु गरेकी हुन्।
एलिनाले गत ५ वैशाखमा अस्ट्रेलियामा बस्ने विष्णु सापकोटासँग विवाह गरेकी थिइन्। उनीहरूको विवाह लामो समय प्रेम सम्बन्धको आधारमा भएको थियो। तर, विवाहपछि अस्ट्रेलिया गएकी चौहान काठमाडौं फर्किएपछि दम्पती बीचको सम्बन्धमा खटपटको चर्चा फैलिएको थियो।
सम्बन्धबिच्छेदको मुद्दामा चौहानले सापकोटामाथि बारम्बार शंका गर्ने, काममा बाधा पुर्याउने, र आफ्ना चरित्रमाथि शंका गर्ने आरोप लगाएकी छिन्। उनले स्पष्ट पारेकी छिन् कि आफूले मानाचामल नलिने सर्तसहित मुद्दा दायर गरेकी छिन्। तथापि, बिहे गर्दा लिएका गरगहना भने फिर्ता नगर्ने उनको दाबी छ।

















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया