टक्सार पिखुवा खोला हाइड्रोपावरले सर्वसाधारणका लागि कहिलेदेखि निष्काशन गर्दैछ आईपीओ ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ११ गते
टक्सार पिखुवा खोला हाइड्रोपावरले सर्वसाधारणका लागि कहिलेदेखि निष्काशन गर्दैछ आईपीओ ?

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले वैशाख २३ गतेदेखि २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ निष्काशन गर्ने भएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख २८ गतेसम्म तोकिएको छ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स