शुभ इन्टरनेशनल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार १५ गते
शुभ इन्टरनेशनल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
AdvertisementAds

शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी अघि बढाएको छ। यसका लागि कम्पनीले बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा शुभ इन्टरनेशनल हस्पिटालिटीका अध्यक्ष कविन श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत सर्वसाधारणका लागि आईपीओमार्फत निष्काशन गर्ने योजना बनाएको छ।

पूर्वी नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ कम्पनीले विराटनगरको धरान रोडमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल सञ्चालन गर्दै आएको छ। यो होटल विराटनगरकै पहिलो अन्तर्राष्ट्रिय ब्रान्डअन्तर्गत सञ्चालित पाँचतारे होटलका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ।

होटलले व्यावसायिक यात्रु, स्वदेशी तथा विदेशी पर्यटक, सम्मेलन, विवाह तथा अन्य विशेष कार्यक्रमका लागि विश्वस्तरीय सेवा प्रदान गर्दै आएको छ। साथै, भविष्यमा क्यासिनो सञ्चालन गर्ने योजना पनि कम्पनीले सार्वजनिक गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स