भदौ ११ गतेदेखि श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आईपीओ निष्काशन गर्दै, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ३ गते
भदौ ११ गतेदेखि श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आईपीओ निष्काशन गर्दै, क-कसले भर्न पाउने ?

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आगामी भदौ ११ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ। जसमध्ये जारी पूँजीको १ प्रतिशत अर्थात १ लाख ६३ हजार १२५ कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १० प्रतिशत अर्थात ३ लाख ९ हजार ९३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन अवधि छिटोमा भदौ २५ गते र ढिलोमा असोज ९ गतेसम्म रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने रेटिङ प्रदान गरेको छ। यस आईपीओको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। उद्योग प्रभावित क्षेत्रका बासिन्दाले नबिल बैंक, एनएमबि बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखाबाट फाराम बुझी आवेदन दिन सक्नेछन्, जसका लागि फाराम शुल्क २ रुपैयाँ तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स