श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको आईपीओ भर्ने म्याद दुई दिन थप गरेको छ। भदौ २५ गते बन्द हुने योजना भए पनि विषम परिस्थितिका कारण बाधा आएपछि आज (भदौ ३०) र ३१ गते दुई दिन म्याद थप गरेको हो।
कम्पनीले १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजीको २० प्रतिशत बराबर ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
जसमध्ये १ लाख ६३ हजार १२५ कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया