श्री स्टील्स लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १७ गते
श्री स्टील्स लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग

नेपालकै अग्रणी इस्पात उत्पादन कम्पनी श्री स्टील्स लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी सुरु गरेको छ। कम्पनीले यस कार्यका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा श्री नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीका अनुसार, यस आईपीओ प्रक्रियामा विद्यमान धितोपत्र दर्ता तथा निष्काशन नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार आवश्यक नियामक स्वीकृति प्राप्त गरिनेछ।

ipo 2 https://bajarkochirfar.com/shree-steels-limited-to-issue-ipo-nabil-investment-banking-as-sales-manager | %tags
यो पनि पढ्नुहोस

डोलेश्वर भिलेज रिसोर्टले आईपीओ निष्काशन गर्ने

श्री स्टील्स लिमिटेड नेपालको पहिलो पूर्ण स्वचालित प्लान्ट हो जसले टिएमटि रिबार निर्माणमा विशेषज्ञता हासिल गरेको छ। कम्पनीले सिक्स स्ट्यान्ड ब्लक मिलको अत्याधुनिक जापानी प्रविधि प्रयोग गरेर उच्च गुणस्तरका टिएमटि रिबार उत्पादन गर्दै नेपालको औद्योगिक आधारलाई बलियो बनाउने लक्ष्य राखेको छ। कम्पनीले इमान्दारी र निष्ठाका साथ देशलाई आवश्यक फलाम तथा रड जन्य पदार्थमा आत्मनिर्भर बनाउन र रोजगारी सिर्जना गर्न मुख्य उद्देश्य राखेको जनाएको छ।

आज सम्पन्न सम्झौतामा श्री स्टील्स लिमिटेडतर्फबाट प्रबन्ध संचालक राजेश कुमार अग्रवाल र नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडतर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्। निष्काशन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालको रोहवरमा सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको कम्पनीले जनाएको छ।

642714844 1708754373892678 3176696377866125267 n https://bajarkochirfar.com/shree-steels-limited-to-issue-ipo-nabil-investment-banking-as-sales-manager | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स