डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत अर्थात् १६ लाख २० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने योजना बनाएको छ।
फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न चैत ३ गते विशेष साधारण सभा बोलाउने निर्णय गरेको छ। सभा विहान ८ः३० बजे कम्पनीको कार्यालय, सूर्यविनायक, सिपाडोल, भक्तपुरमा बस्नेछ। सभाले आईपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ।
















प्रतिकृया