श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड आज (कात्तिक १२ गते, बुधबार) हुँदैछ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टका अनुसार बाँडफाँड प्रक्रिया बिहान १०:३० बजे सुरु हुने तयारी गरिएको छ।
आवेदन दिने अन्तिम दिन असोज २९ गतेसम्म कुल १९ लाख ४२ हजार ६८२ जना आवेदकले २ करोड १७ लाख २ हजार ८० कित्ता सेयरका लागि आवेदन दिएका थिए। यो संख्या कम्पनीले निष्काशन गरेको सेयर संख्याभन्दा ६.६४ गुणा बढी हो। मागभन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ।
कम्पनीले असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्काशन गरेको थियो। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री गरी बाँडफाँड गरिसकेको छ।



















प्रतिकृया