लाभांश प्रस्ताव पारित गर्न श्री इन्भेष्टमेन्ट फाइनान्सले बोलायो साधारण सभा

लाभांश प्रस्ताव पारित गर्न श्री इन्भेष्टमेन्ट फाइनान्सले बोलायो साधारण सभा

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्नो ३०औं वार्षिक साधारण सभा पुस २९ गते आयोजना गर्ने भएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।

सभामा गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई करसहित १.६८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०९८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०८०–८१ का वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण, र नगद प्रवाह विवरणमा छलफल गर्नेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ।

साधारण सभा प्रयोजनका लागि फाइनान्सले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १८ गतेसम्म कायम रहेका सेयरधनीहरूले सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स