insta insta

शिवम् सिमेन्ट्सले पठायो नगद लाभांश सेयरधनीको खातामा, नपाएकाले के गर्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १२ गते
शिवम् सिमेन्ट्सले पठायो नगद लाभांश सेयरधनीको खातामा, नपाएकाले के गर्ने ?
Advertisement Ads

शिवम् सिमेन्ट्स लिमिटेड ले आफ्ना सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको २.५ प्रतिशत बोनस सेयर हितग्राही (डिम्याट) खातामा जम्मा गरिसकेको जनाएको छ। उक्त बोनस सेयर कम्पनीको गत मंसिर २५ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबाट पारित भएको थियो।

कम्पनीका अनुसार साधारण सभा प्रयोजनार्थ सेयरधनी दर्ता पुस्तिका बन्द हुँदाको मितिसम्म अभौतिक (डिम्याट) रूपमा सेयर धारण गरेका सेयरधनीहरूको हितग्राही खातामा फागुन ५ गतेदेखि नै बोनस सेयर जम्मा गरिएको हो।

हालसम्म भौतिक रूपमा सेयर धारण गरेका सेयरधनीहरूको हकमा भने सेयर अभौतिकीकरण प्रक्रिया पूरा भएपछि स्वतः हितग्राही खातामा बोनस सेयर जम्मा गरिने कम्पनीले स्पष्ट पारेको छ। यसका लागि सम्बन्धित सेयरधनीलाई यथाशीघ्र आफ्नो सेयर अभौतिकीकरण गराउन अनुरोध गरिएको छ।

बोनस सेयरसम्बन्धी थप जानकारीका लागि कम्पनीको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाण्डौमा सम्पर्क गर्न सकिने जनाएको छ।

त्यस्तै, अघिल्ला आर्थिक वर्षहरूमा वितरण गरिएको नगद लाभांश हालसम्म प्राप्त गर्न बाँकी रहेका सेयरधनीलाई आफ्नो बैंक खाता विवरण यकिन गरी हितग्राही खातामा अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Ful Mohamad Ansari
Ful Mohamad Ansari
5 months ago

Hello, good morning, sir. My name is Phul Mohammad Ansari. I did not receive the bonus amount in our account, so can I contact you online via email?

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स