शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्र, बागलुङ जिल्लाका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको साधारण सेयर आईपीओको बाँडफाँड सम्पन्न गरेको छ। बाँडफाँड आज माघ २९ गते बिहीबार बिहान ९:०० बजे ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौँमा सम्पन्न भएको हो।
कम्पनीले कुल ९ लाख ८० हजार कित्ता सेयर निष्काशन गरेको थियो भने प्रत्येक सेयरको मूल्य रु. १०० तोकिएको थियो। बाँडफाँड तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जिम्मेवारी सम्हालेको थियो।
प्रतिकृया