पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। स्रोतका अनुसार, देउवा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर एयरलाइन्सको उडानमार्फत उडेका हुन्। उनलाई सँगै अन्य व्यक्ति पनि गएका छन्।
पार्टी विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा नयाँ समिति चयन भएपछि देउवा निष्क्रिय बनेका थिए। यसअघि जेनजी आन्दोलनमा उनलाई कुटपिट गरिएको थियो र त्यसपछि उनी सिंगापुरमै उपचार गराएका थिए।
यसपटक देउवा उम्मेदवार नभएकाले चुनावकै बेला विदेश प्रस्थान गरेका हुन्। डडेल्धुराबाट कांग्रेसको टिकट नैनसिंह महरले पाएका छन्।
















प्रतिकृया