शंकर पोखरेलले भने, “सामाजिक सञ्जालका सेलिब्रेटीले जनताको काम गर्न सक्दैनन्”

शंकर पोखरेलले भने, “सामाजिक सञ्जालका सेलिब्रेटीले जनताको काम गर्न सक्दैनन्”
AdvertisementAds

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन व्यक्तिगत व्यक्तिको अनुमोदन होइन, राजनीतिक मुद्दाको आधारमा हुनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले सामाजिक सञ्जालमा चर्चित व्यक्तिहरूलाई जनताले समर्थन गर्नुहुँदैन भन्ने स्पष्ट पारे।

उनले भने, “निर्वाचन भनेको राजनीतिक मुद्दाहरूबीचको प्रतिस्पर्धा हो। कुन दलले कस्ता मुद्दा उठाएका छन् भन्ने आधारमा मतदान गर्नुपर्छ। सामाजिक सञ्जालबाट सेलिब्रेटी बनाइएका व्यक्तिहरू जनताको पक्षमा काम गर्न सक्दैनन्। जनताले यो कुरा बुझ्न जरुरी छ।”

महासचिव पोखरेलले राजनीतिक मुद्दा नभएका उम्मेदवार वा व्यक्तिहरूको आधारमा जनताले मतदान गर्नु हुँदैन र मतदानको निर्णय मुद्दा र नीति प्राथमिकतामा आधारित हुनुपर्ने जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स