माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई अविमोच्य अग्राधिकार सेयर जारी गर्न स्वीकृति दिएको हो।
अब बैंकले १०० रुपैयाँ अंकित दरका ३ करोड कित्ता अग्राधिकार सेयर जारी गर्नेछ। यी अग्राधिकार सेयरको लाभांश दर ८.२५ प्रतिशत तोकिएको छ र यो केवल मुनाफा भएको वर्षमा वितरण गरिनेछ।
अग्राधिकार सेयरको बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटलले वहन गर्नेछ।
















प्रतिकृया