आजदेखि काठमाडौं महानगरका विद्यालयहरु खुल्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २९ गते
आजदेखि काठमाडौं महानगरका विद्यालयहरु खुल्ने

काठमाडौं महानगरपालिकाले आज (आइतबार) देखि विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न शिक्षक र व्यवस्थापनलाई आग्रह गरेको छ।

महानगरको शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार पछिल्ला दिनमा उत्पन्न परिस्थितिका कारण बन्द रहेका विद्यालयलाई पुनः सञ्चालन गर्ने तयारीका लागि यो आग्रह गरिएको हो।

महानगरले सूचनामार्फत विद्यालयमा क्षति भएको/नभएको एकिन गर्न, अभिभावकसँग सम्पर्क गरेर विद्यार्थीको अवस्था बुझ्न, र अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन–लैजान अभिभावकलाई अनुरोध गर्न निर्देशन दिएको छ।

चार बुँदामा जारी निर्देशनअनुसार विद्यालयहरूले भदौ २३ र २४ गतेदेखि क्षति मूल्याङ्कन र आवश्यक तयारी सुरु गर्नुपर्नेछ। आगामी भोलि (भदौ ३०) गते सोमबारदेखि भने विद्यालयमा प्रत्यक्ष कक्षा सञ्चालनसँगै मनोसामाजिक परामर्श पनि सुरु गर्न र विद्यालय आउन–जान नसक्ने विद्यार्थीका लागि श्रव्यदृश्य माध्यममार्फत पढाइ उपलब्ध गराउन महानगरले आग्रह गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स