निजी क्षेत्रको वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले डेढ वर्षपछि पुनः उडान गर्ने भएको छ। २०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान लगतै दुर्घटनामा परेको यस वायुसेवाले अब पुनः आन्तरिक उडान सुरु गर्न लागेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक उडान अनुमति प्राप्त भइसकेको छ र कम्पनीले आगामी फागुनको पहिलो साताबाट चार्टर उडान सुरु गर्ने तयारी पूरा गरिसकेको छ। अर्को जहाज भने छ महिनाभित्रै मर्मत गरी नियमित उडानमा प्रयोग गरिने छ।
सौर्य एयरलाइन्ससँग हाल दुईवटा जहाज छन्: ५० सिट क्षमताको ९एम एएलई र ९ एन एएनएम कलसाइन। ९ एन एएमई जहाज गत वर्ष साउनमा दुर्घटनामा परेको थियो। अब कम्पनीले तत्कालै एउटा जहाजबाट उडान सुरु गर्ने र अर्को जहाजलाई आवश्यक मर्मत पछि सेवा प्रारम्भ गर्ने योजना बनाएको छ।
सौर्य एयरलाइन्सको उडान २०८१ साउन ९ देखि निलम्बनमा रहेको थियो। दुर्घटनापछि रोकिएको उडानलाई पुनः सुरुवात गर्ने अनुमति नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको हो। यसअघि सौर्य एयरलाइन्सले सन् २०१४ नोभेम्बर १३ मा उडान सञ्चालन अनुमति पाएको थियो, जुन अनुमति जनावरी १८ मा नवीकरण गरिएको थियो।
सौर्य एयरलाइन्सले काठमान्डौंबाट भद्रपुर, विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीसम्म दुईतर्फी आन्तरिक उडान सञ्चालन गर्नेछ। जहाजको क्षमता ५० सिटको CRJ जहाज रहेको छ।
















प्रतिकृया