सानिमा क्यापिटल लिमिटेडले सानिमा म्युचुअल फण्ड अन्तर्गत “सानिमा इक्विटी फण्ड–२” नामक बन्दमुखी सामूहिक लगानी कोषको इकाई निष्काशन गर्ने भएको छ। कम्पनीले २०८३ वैशाख २४ गतेदेखि इकाई बिक्री खुला गर्ने जनाएको हो।
यस योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ। यसअन्तर्गत प्रति इकाई १० रुपैयाँ दरले कुल १० करोड इकाई निष्काशन गरिनेछ।
जसमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक सानिमा बैंकका लागि र २ प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटलका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्।
यो निष्काशनमा छिटोमा वैशाख २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ ७ गतेसम्म आवेदन खुला रहनेछ।







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया