सानिमा इक्विटी फण्ड २ को इकाई बिक्री खुला, आजदेखि आवेदन दिन सकिने

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २४ गते
सानिमा इक्विटी फण्ड २ को इकाई बिक्री खुला, आजदेखि आवेदन दिन सकिने

सानिमा क्यापिटल लिमिटेडले आज २०८३ वैशाख २४ गतेदेखि सामूहिक लगानी कोष अन्तर्गत नयाँ योजना “सानिमा इक्विटी फण्ड २” को इकाई बिक्री खुला गरेको छ। यो योजना सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुनेछ।

यस योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १० करोड इकाई निष्काशन गरेको हो।

कुल निष्काशनमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक सानिमा बैंक लाई सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटलका लागि छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यस निष्काशनमा छिटोमा वैशाख २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा आवेदन अवधि जेठ ७ गतेसम्म लम्बिने क्यापिटलले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स