सम्पदा लघुवित्तको वार्षिक साधारणसभा भोलि बस्दै, यस्ता छन् प्रस्तावहरु

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ५ गते
सम्पदा लघुवित्तको वार्षिक साधारणसभा भोलि बस्दै, यस्ता छन् प्रस्तावहरु

सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभा भोलि वैशाख ६ गते बस्दैछ। सभा मस्र्याङ्दी रिभर म्यू रिसोर्ट, बन्दीपुर, तनहुमा विहान ११ बजे सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष ८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ। सभाले अन्य कुनै उपयुक्त लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

साथै, १ जना महिला सहित संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी जम्मा ७ जना सञ्चालकको निर्वाचन गर्नेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २६ गते एक दिन बुक क्लोज गरिसकेको छ । जस अनुसार, चैत २५ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स