लाभांश पारित गर्न साल्ट ट्रेडिङ्ग कर्पोरेशनले बोलायो साधारण सभा, कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १५ गते
लाभांश पारित गर्न साल्ट ट्रेडिङ्ग कर्पोरेशनले बोलायो साधारण सभा, कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश?

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले लाभांश पारित गर्न ५८ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले आगामी  चैत १५ गते शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ। साथै, ऋण सुविधा लिने स्वीकृती उपर छलफल गरी पारित गर्ने, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढी पिडितको लागि जम्मा गरेको रहत रकम अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जस अनुसार फागुन २८ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स