सालपा विकास बैंक लिमिटेडको प्राथमिक सेयर (आईपीओ) आज पुस २५ गते शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आईपीओ बाँडफाँड बिहान ९ बजे हुनेछ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अन्तिम तथ्याङ्कअनुसार कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले २ करोड ७८ लाख ८४ हजार ५७० कित्ता सेयरका लागि आवेदन दिएका छन् जुन मागभन्दा १९.३७ गुणा बढी हो।
कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्काशन गरेको थियो। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकाअनुसार न्यूनतम १० कित्ताका दरले बाँडफाँड गर्दा कुल आवेदकमध्ये १ लाख ४३ हजार ९१७ जनाले मात्रै १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्। बाँकी २२ लाख ३९ हजारभन्दा बढी आवेदक भने हात खाली हुने देखिएको छ।






![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)




![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया