सागर डिष्टिलरीको आईपीओ आजदेखि खुल्यो, कति कित्तासम्म भर्न पाइने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २८ गते
सागर डिष्टिलरीको आईपीओ आजदेखि खुल्यो, कति कित्तासम्म भर्न पाइने ?
AdvertisementAds

सागर डिष्टिलरी लिमिटेडले आज (साउन २८ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २०%, अर्थात १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति प्राप्त भएको थियो।

यसको १०% अर्थात १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरको १ लाख ४५ हजार २०० कित्ता सेयर (प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ) विदेशमा रोजगारी गरिरहेका नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूका लागि छुट्याइएको हो।

आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ। यस अवधिमा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि भदौ ११ गतेसम्म लम्बिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम ७,००० कित्तासम्म आवेदन दिन सक्नेछन्।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

AdvertisementAds

यस आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स