सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भोलि (साउन २८) गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। आईपीओमा कुल कित्तामध्ये १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरको १ लाख ४५ हजार २०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
आवेदनको अन्तिम म्याद भदौ १ गतेसम्म तोकिएको छ। तर सो अवधिमा पर्याप्त आवेदन नपरेमा अवधि भदौ ११ गतेसम्म लम्बिन सक्छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन सिगल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।















प्रतिकृया