चुनावी अभियानमा लाखौं खर्च गर्नेलाई सागर ढकालले देखाए ‘लो बजेट’ नमुना, भने: चुनाव प्रचारमा २६ सय भए पुग्ने रहेछ

चुनावी अभियानमा लाखौं खर्च गर्नेलाई सागर ढकालले देखाए ‘लो बजेट’ नमुना, भने: चुनाव प्रचारमा २६ सय भए पुग्ने रहेछ

गुल्मी–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर ढकालले चुनावी अभियानमा माछामासु र रक्सी नखाने घोषणा गर्दै सादगीपूर्ण खर्चको सन्देश दिएका छन्। उनले चुनाव प्रचारका क्रममा एक रात होटलमा बसेर भएको २ हजार ६२५ रुपैयाँ खर्चको बिल सार्वजनिक गरेका हुन्। प्रचारक्रममा ढकाल हिजो बेलुका गुल्मीको मालिका गाउँपालिका–स्थित सिमलटारी पुगेका थिए, जहाँ क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार गोविन्द पन्थीसहित ६ जनाको टोली बोलेरो गाडीमा पुगेर सिता होटल एन्ड रेस्टुरेन्टमा बास बसेको थियो।

ढकालले आज बिहान सार्वजनिक गरेको भिडिओमा ६ जनाले पूर्ण शाकाहारी खाना मात्रै खाएको बताए। बिलअनुसार प्रति व्यक्ति २०० रुपैयाँ दरले खाना खाँदा १,२०० रुपैयाँ, ४ सय दरका ३ कोठाका लागि १,२०० रुपैयाँ र चिया–खाजामा २२५ रुपैयाँ खर्च भएको देखिन्छ। ढकालले गाडी भाडामा लिएर हिँड्दा दैनिक ३–४ हजार रुपैयाँ खर्च हुने र कसैलाई पनि तेल नबाँडिएको दाबी गर्दै देशभरका रास्वपा उम्मेदवारलाई माछामासु, रक्सी र तेल बाँडफाँड बन्द गर्न सुझाव दिए।

उनले “सादगी तरिकाले चुनाव जितिन्छ” भन्ने भनाइ दोहोर्‍याउँदै आफू सँगै रहेका उम्मेदवार पन्थीलाई निर्धारित समयभन्दा ४ मिनेट ढिला भएको कारण ४ पटक उठबस गराइएको पनि बताए, जसलाई पन्थीले स्वीकार गरेका छन्। ढकालले यसपटक गुल्मीमा रास्वपाले क्लिन स्वीप गर्ने दाबी गर्दै प्रतिस्पर्धा झापा र चितवनसँग रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स