रौतहट-३ मा रास्वपाको जित, १५ हजारको मतान्तरले रवीन्द्र पटेल विजयी

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २४ गते
रौतहट-३ मा रास्वपाको जित, १५ हजारको मतान्तरले रवीन्द्र पटेल विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवीन्द्र पटेल बिजयी भएका छन् । पटेलले २७ हजार ३१८ मत प्राप्त गरेको निर्वाचन अधिकृत अबधेशप्रसाद कुशवाहले जानकारी दिए ।

सो क्षेत्रमा जनता समाजबादी पार्टीका गोबिन्द चौधरीले ११ हजार ९५४ प्राप्त गरे । साथै नेकपा (एमाले)का कुन्दन कुशवाहले छ हजार ६०५, नेपाली कांग्रेसका रामकृपाल यादबले छ हजार ४२० मत प्राप्त गरे ।

यस क्षेत्रमा कूल एक लाख ८ हजार ६९९ मतमध्ये ७६ हजार ६६९ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स