पितृशोकमा रहेका केपी ओलीलाई भेट्न गुण्डु पुगे रास्वपाका उपसभापति अर्याल

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ४ गते
पितृशोकमा रहेका केपी ओलीलाई भेट्न गुण्डु पुगे रास्वपाका उपसभापति अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा काठमाडौं क्षेत्र नम्बर ९ का निर्वाचित प्रतिनिधिसभा सदस्य डोल प्रसाद (डीपी) अर्याल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनको भक्तपुरस्थित गुण्डु निवास पुगेका छन्।

पितृशोकमा रहेका ओलीप्रति समवेदना व्यक्त गर्न उपसभापति अर्याल निवासमै पुगेका हुन्। सो अवसरमा उनले दिवंगत ओलीका पिता मोहन प्रसाद ओलीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै, उनले ओली परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स