परिवारवाद र नातावादविरुद्ध रास्वपाको नयाँ व्यवस्था, एकै परिवारका दुई जना एउटै तहको समितिमा बस्न नपाउने

परिवारवाद र नातावादविरुद्ध रास्वपाको नयाँ व्यवस्था, एकै परिवारका दुई जना एउटै तहको समितिमा बस्न नपाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र परिवारवाद र नातावाद रोक्न नयाँ व्यवस्था लागू गरेको छ। चितवनमा असार ७ देखि १२ गतेसम्म सम्पन्न प्रथम महाधिवेशनबाट अनुमोदित चौथो संशोधन विधानले पार्टीका सबै तहमा नियुक्ति, मनोनीत र निर्वाचित पदमा परिवारवाद र नातावादलाई निषेध गरेको हो।

विधानको धारा ७(१) मा परिवारवाद र नातावादको स्पष्ट परिभाषा गरिएको छ। विधानमा भनिएको छ, “पार्टीमा एकै परिवारका एक जनाभन्दा बढी सदस्य पार्टीको कुनै कुनै समान तहको समिति, विभाग, आयोग वा संयन्त्रमा नियुक्ति, मनोनीत वा निर्वाचित हुन पाउने छैन”।

विधानअनुसार ‘परिवार’ भन्नाले पति, पत्नी, बाबु, आमा, सौतनी बुवा, सौतनी आमा, छोरा, छोरी, दाजु-भाइ, दिदी-बहिनी, नाति, नातिनी, बाजे, बज्यै, ठुलो बुवा, ठुली आमा, काका, काकी, फुपू, मामा, जेठान, जेठानी, जेठी सासू, देवर, नन्द, साला, साली तथा उनीहरूका पति वा पत्नीसमेतलाई जनाउने उल्लेख गरिएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स