आइपीओ जारी गर्दै राइजिङ हाइड्रोपावर, मुक्तिनाथ क्यापिटलसँग सहकार्य

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १७ गते
आइपीओ जारी गर्दै राइजिङ हाइड्रोपावर, मुक्तिनाथ क्यापिटलसँग सहकार्य

राइजिङ हाइड्रोपावर प्रा.लि.ले साधारण सेयर (आईपिओ) निष्काशनको प्रक्रिया सुरु गर्ने भएको छ। यसका लागि कम्पनीले संस्थागत परामर्शदाताको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

यस सम्बन्धमा दुवै संस्थाबीच सम्झौता भएको छ, जसमा राइजिङ हाइड्रोपावरका अध्यक्ष शंकरबहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार, मुक्तिनाथ क्यापिटलले कम्पनीको पूँजी संरचना पुनर्संरचना, प्रबन्धपत्र अनुरूपका कार्यहरूमा सहजीकरण, र सेयर निष्कासन सम्बन्धी अन्य परामर्श सेवा प्रदान गर्नेछ।

राइजिङ हाइड्रोपावर सन् २००६ (विक्रम संवत् २०६२ साल फागुन २२ गते) मा स्थापना भएको हो। कम्पनी नेपालको जलविद्युत क्षेत्रमा दिगो विकास तथा स्वदेशी स्रोतको अधिकतम प्रयोग गर्दै ऊर्जा उत्पादनमा अग्रसर संस्थाका रूपमा परिचित छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स