पाँच महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ भित्रियो रेमिट्यान्स



राष्ट्रिय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा भित्रिएको विप्रेषण (रेमिट्यान्स) रकम ८ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ।मंसीर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत वर्ष मंसीर महिनाको तुलनामा ३५.६ प्रतिशत बढी हो। गत वर्ष सोही महिनामा भित्रिएको रकम १ खर्ब १८ अर्ब ७९ करोड थियो।

डलरमा गणना गर्दा, चालु आवको पहिलो पाँच महिनामा रेमिट्यान्स ६ अर्ब १६ करोड अमेरिकी डलर पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले बढी हो। यसअघि अघिल्लो वर्ष डलर रेमिट्यान्समा मात्र ३.४ प्रतिशत वृद्धि देखिएको थियो।समीक्षा अवधिमा खुद ट्रान्सफर मार्फत भित्रिएको रकम ९ खर्ब ५४ अर्ब ७८ करोड पुगेको छ, अघिल्लो वर्षको सोही अवधिमा मात्र ७ खर्ब ४३ करोड थियो।

यसैबीच, मंसीरसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको राष्ट्र बैंकले जनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर

Ads will close in 8 seconds
Skip Ad