चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा देशमा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.५ प्रतिशतले बढी हो।
केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, जेठ महिनामात्रै १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। गत वर्षको जेठमा यो रकम १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ थियो। यस्तै, अमेरिकी डलरमा हेर्दा पनि रेमिट्यान्स १२.७ प्रतिशतले बढेर ११ अर्ब २५ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यो वृद्धिदर १५.२ प्रतिशत थियो।
यस अवधिमा कुल खुद द्वितीय आय तथा ट्रान्सफर १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १४ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ थियो।
रेमिट्यान्सको वृद्धिसँगै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि बढेको देखिएको छ। समीक्षावधिमा नयाँ श्रम स्वीकृति (संस्थागत र व्यक्तिगत गरी) लिनेको संख्या ४ लाख ५२ हजार ३२४ पुगेको छ। अघिल्लो वर्ष यो संख्या ४ लाख २१ हजार ३५६ थियो।पुनः श्रम स्वीकृति लिनेको संख्या पनि ३ लाख ८ हजार ६७ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २ लाख ६१ हजार २१० मात्र थियो।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया