अफिस जाने र विदेशमा रहेका नेपालीलाई राहत: बजार खुल्नु अघि नै अर्डर राख्न मिल्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २४ गते
अफिस जाने र विदेशमा रहेका नेपालीलाई राहत: बजार खुल्नु अघि नै अर्डर राख्न मिल्ने
AdvertisementAds

अब लगानीकर्ताले सेयर बजार बन्द भएपछि पनि किनबेचका लागि अर्डर राख्न पाउने भएका छन्। ‘आफ्टर मार्केट अर्डर’ सम्बन्धी व्यवस्था लागू गर्ने बाटो खुलेपछि यस्तो सुविधा आउन लागेको हो।

नेप्सेले पठाएको ‘धितोपत्र कारोबार संचालन विनियमावली’ संशोधन प्रस्तावलाई सोमबार बसेको धितोपत्र बोर्डको सञ्चालक समिति बैठकले स्वीकृत गरेसँगै यस्तो व्यवस्था लागू हुन लागेको हो ।

यो व्यवस्था लागू भएपछि अब नियमित कारोबार समय सकिएपछि पनि अर्डर राख्न सकिनेछ। अर्थात् लगानीकर्ताले बेलुका-बिहान आफ्नो अनुकूल समयमा सेयर किन्ने वा बेच्ने अर्डर प्रणालीमा राख्न सक्नेछन्। यसरी राखिएको अर्डर भने त्यसपछि बजार खुलेपछि एक्जीक्युट हुनेछ।

विशेषगरी विदेशमा रहेका नेपालीहरूका लागि यो व्यवस्था निकै उपयोगी हुने देखिएको छ। समय फरक पर्ने भएकाले उनीहरूलाई नेपाली बजार खुलेको समयमा अर्डर राख्न कठिन हुने गरेको थियो। अब उनीहरूले आफूलाई सहज हुने समयमा अर्डर राख्न सक्नेछन्। त्यस्तै, दिनभरि अफिस वा अन्य काममा व्यस्त रहने लगानीकर्ताले पनि बिहान वा बेलुका नै अर्डर मिलाउन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स