सेन्चुरी बैंकको ऋण दुरुपयोगको प्रसंग सम्झिदै प्रचण्डले भने, सरकार अपराधी चोख्याउने डिटर्जेन्ट बन्दैछ
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सेन्चुरी बैंकको अरबौं ऋण दुरुपयोगसम्बन्धी छानबिन दबाइएको आरोप लगाएका छन्। उनले सरकारलाई “अपराधी चोख्याउने डिटर्जेन्ट” र “सुनपानी” को संज्ञा दिँदै भने, “अरबौं ऋणको दुरुपयोगको छानबिन के भयो? सामसुम पारियो। सबैतिर भएका व्यथितिहरू जोगाइयो, चोख्याइयो, मिलाइयो।”
सत्तापक्षतर्फ संकेत गर्दै उनले थपे, “प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले गम्भीरताका साथ यो विषय उठाउँदैछु। तपाईंहरूको समर्थन र मतलाई सरकारले अपराध हैन, अपराधी चोख्याउने डिटर्जेन्ट बनाइरहेको छ। अपराधी चोख्याउने सुनपानी बनाइरहेको छ।”