रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २३ गते
रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

आइतबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले उनलाई चार दिनको हिरासत म्याद थप गर्न अनुमति दिएको हो, जबकि सरकारी वकिल कार्यालयले १३ दिनको म्यादको सिफारिस गरेको थियो। लामिछानेमाथि पोखराको सुर्यदर्शन सहकारीको बचत रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेको आरोप छ।

उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐनअनुसार अनुसन्धान भइरहेको छ। कास्की प्रहरीले लामिछानेसँगै पूर्व डिआइजी छविलाल जोशी, रामप्रसाद खनाल र लिला पछाइलाई पनि सोही अभियोगमा म्याद थप गर्न अदालतमा उपस्थित गराएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स